नियम १५
सूचना प्रकाशन गर्ने
(१) आयोगले ऐनको दफा ४८ बमोजिम निर्वाचनको प्रयोजनको लागि दल दर्ता गराउन प्रत्येक निर्वाचन अघि अवधि तोकी सूचना प्रकाशन गर्नु पर्नेछ ।
२ उपदफा १ बमोजिमको सूचना आयोगले आफ्नो वेबसाइटमा राखी राष्ट्रिय स्तरको सञ्चार माध्यममा समेत प्रकाशन तथा प्रसारण गराउनु पर्नेछ ।