नियम
सूचना सङ्कलन गर्ने

सरकारी कार्यालय वा सार्वजनिक संस्थाबाट सम्पादन हुने काममा अनीयमितता भएको भन्ने सम्बन्धमा केन्द्रले देहायका कुनै माध्यमबाट सूचना सङ्कलन गर्न सक्नेछः–
(क) केन्द्रमा प्राप्त लिखित वा मौखिक उजुरी,
(ख) कुनै पत्रपत्रिका, अनुसन्धानात्मक लेख वा प्रतिवेदनमा समावेश विवरण वा सूचना,
(ग) सम्बन्धित सरकारी कार्यालय वा सार्वजनिक संस्थामा गरिएको स्थलगत निरीक्षण वा अनुगमनबाट प्राप्त प्रतिवेदन,
(घ) विद्युतीय सञ्चार माध्यमबाट प्रकाशित वा प्रसारित समाचार वा सूचना ।