दफा ३६
सूचनाको गोप्यता
: यस ऐन बमोजिम निरीक्षण, अनुगमन, अनुसन्धान वा तहकिकात गर्दा बोर्ड वा बजार संरक्षण अधिकृतले आफुलाई प्राप्त हुन आएको व्यापारिक कारोवार तथा सूचना गोप्य राख्नु पर्नेछ ।
तर आफ्नो कार्य सम्पादनको सिलसिलामा उल्लेख गरेको वा सार्वजनिक महत्वको जानकारी दिलाएको विषयलाई गोप्यता भङ्ग गरेको मानिने छैन ।