दफा
सूचनाको परिवर्तनबाट उत्पन्न असर
(१) धितोको सम्पत्ति बिक्री, विनिमय गरिएको, पट्टा वा इजाजतमा दिइएको वा कुनै पनि किसिमले हस्तान्तरण गरिएको भएमा धितो दिने व्यक्तिले त्यसरी हस्तान्तरण भएको कुरा थाहा पाएको वा सो हस्तान्तरण गर्नमा मन्जूरी दिएको भए तापनि सो धितोको सम्पत्तिको सम्बन्धमा दर्ता गरिएको सूचना त्यस्तो हस्तान्तरणपछि पनि मान्य रहिरहनेछ । (२) यस ऐनबमोजिम दर्ता गरिएको सूचना गम्भीररुपमा भ्रमपूर्ण हुने गरी धितो दिने व्यक्तिले आफ्नो नाम परिवर्तन गरेमा पनि त्यस्तो नाम परिवर्तन गरेको मितिभन्दा अगाडि वा सो मितिले चार महिनाको अवधिभित्र धितो दिने व्यक्तिले प्राप्त गरेको सम्पत्तिको सम्बन्धमा धितोको हक परिपक्व गराउन दर्ता गरेको त्यस्तो सूचना मान्य रहिरहनेछ । नाम सच्याउने प्रयोजनका लागि नाम परिवर्तन गरिएको चार महिनाभित्र त्यस्तो संशोधन पेश गरी सो नाम सच्याएमा मात्र नाम परिवर्तन गरिएको चार महिनापछि धितो दिने व्यक्तिले प्राप्त गरेको धितोको सम्पत्तिमा धितोको हक परिपक्व गर्न त्यस्तो सूचना मान्य रहिरहेको मानिनेछ । (३) उपदफा (२) बमोजिम धितो दिने व्यक्तिको नाम परिवर्तनगर्ने सम्बन्धमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक कुनै सूचना दर्ता गरिसकेपछिको परिस्थितिमा भएको परिवर्तनले सो सूचनालाई गम्भीररुपमा भ्रमपूर्ण बनाएको अवस्थामा समेत सो सूचना मान्य रहिरहनेछ ।