दफा २२
सूचीकृत भएको मानिने
(१) यस परिच्छेद बमोजिम रोजगारदाताले सूचीकरण नम्बर र योगदानकर्ताले
सामाजिक सुरक्षा नम्बर प्राप्त गरेपछि त्यस्तो रोजगारदाता र योगदानकर्ता कोषमा सूचीकृत भएको
मानिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित
कानून बमोजिम सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने श्रमिक तथा सरकारी सेवामा बहाल रहेको
व्यक्ति वा सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्तिको हकमा सो कोषमा रकम जम्मा भएको
मितिदेखि कोषमा सूचीकृत भएको मानिनेछ ।