दफा १९
सूचीकृत हुन सूचना प्रकाशित गर्ने
(१) मन्त्रालयले समितिको सिफारिसमा नेपाल राजपत्रमा सूचना
प्रकाशन गरी तोकिएको क्षेत्र तथा प्रकृतिका उद्योग, सेवा, व्यवसाय वा कारोबार सञ्चालन गर्ने
रोजगारदातालाई दफा २० बमोजिमको अवधिभित्र कोषमा सूचीकृत हुन सूचना प्रकाशित गर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रकाशित सूचनामा तोकिएको अवधिभित्र रोजगारदाताले कोषमा
सूचीकृत हुन तोकिएको विवरण सहित तोकिएको ढाँचामा कोषको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम तोकिएको विवरण सहित निवेदन प्राप्त भएमा कोषले सम्बन्धित
रोजगारदातालाई सूचीकृत गरी तोकिए बमोजिमको ढाँचामा सूचीकरण नम्बर त्यस्तो रोजगारदातालाई
दिनेछ ।