दफा १३
सेवा आयोगको गठन
(१) प्रतिष्ठानको शिक्षक तथा कर्मचारीको नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्न एक सेवा आयोग रहनेछ ।
(२) सेवा आयोगमा देहायका अध्यक्ष तथा सदस्यहरू रहनेछन्ः–
(क) स्वास्थ्य विज्ञानमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा बीस वर्ष काम गरेका तथा विशिष्ट श्रेणी वा प्राध्यापकको रूपमा रही व्यवस्थापकीय वा प्राज्ञिक जिम्मेवारी निर्वाह गरेका व्यक्तिहरूमध्येबाट – अध्यक्ष
(ख) लोक सेवा आयोगको सदस्य – सदस्य
(ग) शिक्षकहरूमध्येबाट एकजना – सदस्य
(३) उपदफा (२) को खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्यको मनोनयन सभाले गर्नेछ ।
(४) सेवा आयोगको अध्यक्ष तथा मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ ।
(५) सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।
(६) सेवा आयोगको अध्यक्षको पारिश्रमिक, सुविधा तथा सेवाको अन्य शर्तहरू र सदस्यको सुविधा तोकिएबमोजिम हुनेछ ।
(७) सेवा आयोगको बैठक सम्बन्धी कार्यविधि तोकिएबमोजिम हुनेछ ।