दफा २१
सेवा आयोग
(१) विश्वविद्यालयको शिक्षक तथा कर्मचारीहरूको नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्न एक सेवा आयोग रहनेछ ।
(२) सेवा आयोगको गठन देहाय बमोजिम हुनेछः–
(क) सेवा निवृत्त प्रध्यापकहरुमध्येबाट कुलपतिबाट नियुक्त व्यक्ति –अध्यक्ष
(ख) लोकसेवा आयोगको सदस्य –सदस्य
(ग) शिक्षकहरूमध्येबाट एक जना –सदस्य
(३) उपदफा (२) को खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्यको नियुक्तिको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा सभाका दुई जना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिबाट अध्यक्ष र सदस्यको नियुक्ति हुनेछ ।
(४) उपदफा (३) बमोजिम नियुक्त अध्यक्ष तथा सदस्यको पदावधि चार वर्षको हुनेछ ।
(५) सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(६) सेवा आयोगको अध्यक्षको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त तोकिए बमोजिम हुनेछन् ।
(७) सेवा आयोगका सदस्यको बैठक भत्ता तथा सेवाका अन्य शर्त तोकिए बमोजिम हुनेछन् ।
(८) सेवा आयोगको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएसम्मको लागि बैठक सम्बन्धी कार्यविधि सेवा आयोग आफैँले निर्धारण गर्न सक्नेछ ।