नियम २१
सेवा प्रदान गर्ने व्यक्ति वा संस्थाको सूची

(१) कुनै कसूरको अभियोग लागेको बालकका सम्बन्धमा सामाजिक अध्ययन गर्न, मनोविमर्श सेवा, कानूनी सहायता तथा बाल सुधारसम्बन्धी सेवाहरु निजलाई आवश्यक पर्ने अन्य सहयोग उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थाको सूची छुट्टाछुट्टै रुपमा जिल्ला बालकल्याण समितिले तयार गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचीमा संलग्न हुन चाहने देहायबमोजिमको योग्यता भएको नेपाली नागरिकले जिल्ला बाल कल्याण समितिमा निवेदन दिन सक्नेछन्ः–
(क) बाल अधिकार वा बाल कल्याणको क्षेत्रमा पा“च वर्षको अनुभव प्राप्त भएको,

(ख) फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको,
(ग) सम्बन्धित जिल्लामा कम्तीमा दुई वर्षदेखि बसोबास गरिआएको ।
(३) उपनियम (१) बमोजिमको सूचीमा संलग्न हुन इच्छुक संस्थाले आफ्नो संस्थाको दर्ता प्रमाणपत्र, विधान, सदस्यको नामावली, उपलब्ध गराउने सेवा बाल कल्याण समितिले तोकेको अन्य कागजात संलग्न गर्न पर्नेछ ।
(४) उपनियम (२) र (३) बमोजिमको निवेदनउपर जा“चबुझ गर्दा कुनै व्यक्ति वा संस्थाले त्यस्तो सेवा प्रदान गर्न सक्छ भन्ने कुरा जिल्ला बालकल्याण समितिलाई लागेमा त्यस्तो व्यक्ति वा संस्थालाई सेवा प्रदान गर्ने व्यक्ति वा संस्थाको सूचीमा सूचीकृत गर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिम सूचीकृत भएको व्यक्ति वा संस्थाले खराब आचरण गरेमा वा निजले प्रदान गरेको सेवाको गुणस्तर जिल्ला बाल कल्याण समितिले तोकेको मापदण्डबमोजिम नभएमा सो समितिले त्यस्तो सूचीबाट निजको नाम हटाउन सक्नेछ ।
(६) उपनियम (५) बमोजिम सूचीबाट नाम हटाउ“दा सेवा प्रदान गर्ने व्यक्ति वा संस्थालाई सुनुवाइको मौका दिनु पर्नेछ ।
(७) उपनियम (१) बमोजिमको सूची जिल्ला बाल कल्याण समितिले बाल अदालत वा जिल्ला अदालतलाई उपलब्ध गराउनु पर्नेछ ।