नियम
सेवा शुल्क उठाउन प्रतिनिधि तोक्न सक्ने

(१) बोर्डले पर्यटन व्यवसायी वा अन्य कुनै व्यक्ति वा निकायलाई सेवा शुल्क उठाउनको लागि आफ्नो प्रतिनिधि तोक्न वा अन्य कुनै
तरिका अपनाई सेवा शुल्क उठाउन सक्नेछ ।
(२) समितिले आवश्यक देखेमा समितिले निर्धारण गरे बमोजिमको प्रक्रिया अपनाई बोर्डले पर्यटकवाट सोझै शुल्क उठाउन सक्नेछ ।