दफा २०
सेवा शुल्क लिन सक्ने
आयोगले देहायका विषयमा अनुमति पत्र प्राप्त व्यक्तिबाट तोकिए बमोजिम सेवा शुल्क लिन सक्नेछ ः-
(क) ग्रिड र वितरण संहिता स्वीकृत गर्दा,
(ख) विद्युतको थोक खरिद बिक्री दर निर्धारण गर्दा,
(ग) विद्युत खरिद सम्झौतामा सहमति दिँदा,
(घ) प्रसारण तथा वितरण दस्तुर (व्हिलिङ चार्ज) लगायतका अन्य महसुल वा दस्तुर निर्धारण गर्दा,
(ङ) अनुमतिपत्र प्राप्त व्यक्तिहरू आपसमा गाभिन, संरचनाको खरिद बिक्री (सेल अफ प्लान्ट), प्राप्ति (एक्वीजिशन) वा ग्रहण (टेक ओभर) गर्ने सहमति दिँदा,
(च) दफा १८ बमोजिम विवाद समाधान गर्दा, तर गार्हस्थ उपभोक्ताले उजुरी दिँदा कुनै शुल्क बुझाउन पर्ने छैन ।
(छ) आयोगले तोकेको अन्य विषयमा ।