दफा ३७
सेवा सुविधाका शर्त तोक्न सक्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले उपभोक्तालाई सेवा सुविधा उपलब्ध गराउँदा यस ऐन वा सम्झौताको अधीनमा रही आवश्यक शर्त तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएका शर्त विपरीत उपभोक्ताले सेवा सुविधा उपभोग गर्न पाउने छैन ।