दफा ५
सेवाका पदहरू
(१) स्वास्थ्य सेवाका विभिन्न तहहरूमा विशेषज्ञ पद लगायत प्राविधिक पदहरू रहनेछन् । त्यस्ता पदहरूको पद नामहरू तोकिएबमोजिम हुनेछ ।
(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएको योग्यता प्राप्त गर्ने तोकिएका सहायक तहका कर्मचारीलाई तोकिए बमोजिम पदनाम दिन सकिनेछ ।
(१ख) उपदफा (१) र (१क) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बत् २०६९ साल चैत्र २९ पछि तेस्रो तहमा रहेका हेल्थ इन्स्पेक्सन समूह अन्तर्गतका ग्रामीण स्वास्थ्य कार्यकर्ता र क्यूनिटी नर्सिङ समूह अन्तर्गतका मातृशिशु कार्यकर्तालाई चौथो तहमा कायम गरी क्रमशः अक्जुलरी हेल्थ वर्कस (अ.हे.व) र अक्जुलरी नर्स मिडवाइफ (अ.न.मी) को पदनाम दिइनेछ ।
(२) मन्त्रालयले स्वास्थ्य सेवाको प्रत्येक तहको पदको कार्य विवरण बनाउनेछ र त्यस्तो कार्य विवरणमा सम्बन्धित पदको काम, कर्तव्य र उत्तरदायित्व तथा अधिकार समेत उल्लेख गरिनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ग्रामीण स्वास्थ्य कार्यकर्ता र मातृशिशु कार्यकर्ताले हाल गरी आएको कार्य क्रमशः अक्जुलरी हेल्थ वर्क (अ.हे.व) र अक्जुलरी नर्स मिडवाइफ (अ.न.मी.) ले गर्ने गरी मन्त्रालयले निजहरुको कार्य विवरण तयार गरी लागू गर्नेछ ।