नियम १३०
सेवाबाट बर्खास्त हुनेहरूको अभिलेख राख्ने

(१) भविष्यमा व्यवस्थापिका–संसद वा अन्य सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएका कर्मचारीको सम्बन्धमा बर्खास्तको आदेश दिने अधिकारीले त्यस्ता कर्मचारीको तीन पुस्ते खुलेको हुलिया समेतको सूचना लोक सेवा आयोग, प्रहरी प्रधान कार्यालय र निजामती किताबखानालाई दिनु पर्नेछ । त्यस्तो सूचना प्रहरी प्रधान कार्यालयले प्रत्येक जिल्ला प्रहरी कार्यालयलाई पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सेवाबाट बर्खास्त गरिएको व्यक्ति पुन नियुक्त भएको पाईएमा तुरुन्त बरखास्त गरी निजले त्यसरी पुन नियुक्ति भई पाएको तलब भत्ता समेत निजबाट असूल उपर गरिनेछ ।