नियम
सेवामा रहने समूह, उपसमूह, श्रेणी र पद –<br>
(१) सेवामा कामको प्रकृति, सो काम सम्पादन गर्न चाहिने न्यूनतम शैक्षिक योग्यता र कार्य विशिष्टता समेतको आधारमा सेवाभित्रको समान प्रकृतिका पदहरु समावेश भएका अनुसूची—१ बमोजिमका समूह तथा उपसमूहहरु रहने छन् ।
(२) सेवामा देहायका श्रेणीहरु रहने छन् —
(क) राजपत्रांकित
(१) विशिष्ट श्रेणी,
(२) प्रथम श्रेणी,
(३) द्वितीय श्रणी, र
(४) तृतीय श्रेणी ।
(ख) राजपत्र अनंकित
(१) प्रथम श्रेणी,
(२) द्वितीय श्रेणी,
(३) तृतीय श्रेणी, र
(४) चतुर्थ श्रेणी ।
(३) सेवाको विशिष्ट श्रेणीमा नेपाल सरकारले तोके बमोजिमका पदहरु रहन सक्ने छन् ।
(४) समूह तथा उपसमूहमा रहने विभिन्न श्रेणीका र श्रेणी विहीन पदहरु अनुसूची—२ बमोजिम हुनेछन् ।