नियम
सेवामा रहने समूह, श्रेणी र पद

(१) सेवामा कामको प्रकृति, सो काम सम्पादन गर्न चाहिने न्यूनतम शैक्षिक योग्यता र कार्य विशिष्टता समेतको आधारमा सेवा भित्रको समान प्रकृतिका पदहरु समावेश भएको अनुसूची–१ बमोजिमका समूहहरु
रहने छन् । (२) सेवामा देहायका श्रेणीहरु रहनेछन् –
(क) राजपत्राड्ढित ,
(१) विशिष्ट श्रेणी,
(२) प्रथम श्रेणी,
(३) द्वितीय श्रेणी र
(४) तृतीय श्रेणी ।
(ख) राजपत्र अनङ्कित
(१) प्रथम श्रेणी,
(२) द्वितीय श्रेणी,
(३) तृतीय श्रेणी र
(४) चतुर्थ श्रेणी ।
(३) सेवाको विशिष्ट श्रेणीमा अनुसूची–२ बमोजिमको पदहरु रहने छन् । (३क) सेवाको राजपत्राड्ढित प्रथम श्रेणीमा अनुसूची–२क. बमोजिमका पदहरु रहने छन् ।
(४) कुटनैतिक समूहको हकमा सोही समूह सम्बन्धी नियमहरुमा उल्लेख भए वमोजिम र अरु समूहमा रहने श्रेणी र श्रेणीविहीन पदहरु अनुसूची–३ बमोजिम हुने छन् ।