नियम ९७क
सेवारत अस्थायी शिक्षक सम्बन्धी व्यवस्था
यो नियम प्रारम्भ हुनु अघि अस्थायी रूपमा शिक्षक पदमा नियुक्त भई यो नियम प्रारम्भ हुँदाका बखतसम्म सेवारत अस्थायी शिक्षकको हकमा सो पदमा स्थायी पदपूर्ति नभएसम्मका लागि एक पटकमा छ महिनामा नबढाई संवत् २०७५ साल चैत्र मसान्तसम्म म्याद थप गर्न सकिनेछ ।