नियम २३
स्तर वृद्धि
ऐनको दफा ३६ बमोजिम श्रेणी विहीन कर्मचारीको स्तर वृद्धि गर्दा सोह  दफाको उपदफा (३) बमोजिमको सेवा अवधि पूरा भएको भोलीपल्टदेखि लागू हुने गरी स्तरवृद्धि गरिनेछ । तर ऐनको दफा १०४ बमोजिम सजायको अभिलेख रहेकोमा सोको समयावधि समाप्त भएको भोलिपल्टदेखि लागू हुने गरी स्तर वृद्धि गर्नु पर्नेछ ।