नियम ७४
स्थगन प्रस्ताव सम्बन्धी शर्त
कुनै जरूरी र सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न बैठक स्थगित गरियोस् भन्ने प्रस्ताव देहायका शर्तहरूको अधीनमा रही पेश गर्न सकिनेछ ः– (क) तत्काल घटेको घटना र नेपाल सरकारको उत्तरदायित्व भित्रको विषय हुनुपर्ने, र (ख) खण्ड (क) को विषय उठान गर्दा नियम ५७ मा उल्लिखित शर्तहरू पूरा भएको हुनुपर्ने ।