दफा ६
स्थानहदको आदेश लागू रहने अवधि
६.१ कुनै व्यक्तिको सम्बन्धमा जारी गरिएको स्थानहदको आदेश अगावै खारेज गरिएमा बाहेक सो आदेश जारी गरिएको मितिले तीस दिनसम्म कायम रहनेछ ।
६.२ उपदफा ६.१ मा जुनसुकै कुरा लेखिएको भएता पनि यस ऐन बमोजिम जारी गरिएको स्थानहदको आदेश तीस दिनभन्दा बढी अवधिको लागि कायम राख्न आवश्यक देखिएमा त्यसको कारण र आधार सहित स्थानीय अधिकारीले नेपाल सरकार, गृह मन्त्रालयमा लेखी पठाउनु पर्नेछ । नेपाल सरकार, गृह मन्त्रालयले स्थानीय अधिकारीको सुझाव उचित ठहर्याइ अनुमोदन गरेमा त्यस्तो आदेश जारी भएको मितिले नब्बे दिनसम्म कायम रहनेछ ।