दफा १०२
स्थानीय कानून बनाउने
(१) गाउँपालिका तथा नगरपालिकाले आफ्नो अधिकारक्षेत्रभित्रका विषयमा ऐन बनाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बनाइएको ऐनको अधीनमा रही कार्यपालिकाले आवश्यकता अनुसार नियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्नेछ ।
(३) गाउँपालिका तथा नगरपालिकाले उपदफा (१) र (२) बमोजिम बनाएको कानून स्थानीय राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
(४) उपदफा (१) र (२) बमोजिम बनाएको कानून गाउँपालिका तथा नगरपालिकाले प्रदेश सरकार र नेपाल सरकारमा पठाउनु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम कुनै कानून प्रकाशन नभएसम्म त्यस्तो कानून लागू हुने छैन ।