दफा ८क
स्थानीय तहको दायित्व
(१) स्थानीय तहले ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या देखेमा निजका सन्तान वा नजिकको हकवालाको आर्थिक आम्दानी वा हैसियत वा उपार्जनका अवस्था पहिचान गरी तोकिए बमोजिमको रकम मासिक रूपमा सम्बन्धित ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न लगाउनु पर्नेछ ।
तर तोकिएको न्यूनतम आम्दानी: नभएका व्यक्तिको हकमा भने ज्येष्ठ नागरिकको - न्यूनतम आधारभूत आवश्यकता पूरा गर्नु स्थानीय: तहको दायित्व हुनेछ ।
(२) स्थानीय तहले निर्णय लिुपूर्व ज्येष्ठ नागरिकको जीवनयापनका लागि तत्काल केही गर्न आवश्यक देखेमा सम्बन्धित वडा अध्यक्षले अन्तरिम रूपमा निजका सन्तान; वा. हकवालालाई परिस्थिति विचार गरी सम्बन्धित: ज्येष्ठ नागरिकको बैङ्क खातामा निश्चित रकम जम्मा गर्न लगाउनु पर्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिमको रकम बाबु आमासँगै; बसेका वा कानून बमोजिम भिन्न भइसकेको अवस्थामा समेत जम्मा गर्नु पर्नेछ ।
(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको बाबु आमा संगोलमा बसेका रहेछन्‌ भने बाबु आमाको संयुक्त खातामा र बाबुआमा भिन्न बसेका रहेछन्‌ भने आफूले पालनपोषण तथा हेरचाह गर्नु पर्ने बाबु वा आमाको खातामा जम्मा गर्नु पर्नेछ ।
(५) उपदफा (१), (२), (३) र्‌ (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियमित पारिश्रमिक वा निवृत्तिभरण पाइरहेका वा स्वरोजगार, व्यापार, व्यवसाय वा अन्य जुनसुकै किसिमको आयआर्जनबाट तोकिए बमोजिमको वार्षिक आम्दानीभन्दा बढी आम्दानी भएका बाबु आमाको लागि पारिश्रमिक वा रकम जम्मा गर्नु पर्नेछैन ।
(६) उपदफा (१) र (२) बमोजिमको रकम जम्मा गर्नु पर्ने दायित्व भएका व्यक्तिले आफूले जम्मा गर्नु पर्ने रकमको विवरण एवं / भौचर वा भरपाई सम्बन्धित स्थानीय तह एवं आफू कार्यरत निकायमा पैंतीस दिनभित्र जानकारी गराउनु पर्नेछ र वार्षिक रूपमा आफूले जम्मा गरेको रकमको विवरण प्रत्येक आर्थिक वर्षको अन्त्यमा सम्बन्धित स्थानीय तहमा पेश गर्नु पर्नेछ ।
(७) यस दफा बमोजिम रकम जम्मा गर्नु पर्ने दायित्व भएको व्यक्तिले रकम जम्मा नगरेमा सोको कार्यान्वयनका लागि निजका बाबु वा आमाले निज कार्यरत निकायमा वा स्थानीय तहमा निवेदन दिन सक्ने छन्‌ ।
(८) उपदफा (७) बमोजिम निवेदन प्राप्त भएमा रकम जम्मा गर्नु पर्ने दायित्व भएको व्यक्ति कार्यरत निकायको प्रमुखले त्यस्तो व्यक्तिको पारिश्रमिक वा रकम जम्मा गर्न सम्बन्धित अधिकारीलाई आदेश दिनेछ ।
(९) कसैले यस दफा बमोजिम बाबुआमालाई पारिश्रमिक वा रकम जम्मा गरेको कारणले मात्र प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने कानूनी दायित्व एवं व्यावहारिक जिम्मेवारीबाट उन्मुक्ति पाउने छैन ।
(१०) यस दफा बमोजिम बाबुआमाको नाममा बैङ्क खातामा जम्मा भएको रकम त्यस्ता बाबुआमाले आफ्नो आधारभूत आवश्यकता पूरा गर्ने लगायतको कार्यमा खर्च पछि बाँकी रहेको रकम निजहरुको मृत्यु पश्चात अन्त्येष्टिमा खर्च गर्न सकिनेछ ॥
(११) ज्येष्ठ नागरिक सम्बन्धी प्राप्त निवेदन एव उजुरीको सुनुवाइ सरल एवं. द्रूत प्रक्रियाबाट सम्पादन गर्न स्थानीय तहले आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
(१२) उपदफा (१०)- बमोजिमको कामबाट पनि बाबुआमाको नाममा बैंक खातामा रकम बाँकी भएमा त्यस्तो रकम जम्मा गर्ने परिवारका सदस्यहरूले उपभोग गर्न सक्नेछन्‌ ।
(१३) जुनसुकै कारणले सन्तानलाई पालनपोषण, _हेरचाह, शिक्षादीक्षा प्रदान नगरिएका वा उचित अभिभावकत्व नदिइएका, घर परिवारबाट निकाला गरी खान, लाउन नदिई हुर्केका सन्तानलाई ज्येष्ठ नागरिक बाबुआमालाई पालनपोषण गर्न, गराउन स्थानीय तहले बाध्य पार्न सक्ने छैन ।
(१४) राज्यले ज्येष्ठ नागरिकको सेवा सुविधा उपलब्ध गराउने प्रयोजनका लागि सम्बन्धित स्थानीय तहले ज्येष्ठ नागरिकको विस्तृत विवरण अद्यावधिक एवं वर्गीकरण गर्नु पर्नेछ। साथै राज्यले ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभव उपभोग तथा पुस्ता हस्तान्तरण गर्न,
(१५) यस दफा वमोजिम रकम जम्मा गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम: हुनेछ ।