नियम १३
स्थानीय समन्वय तथा अनुगमन समितिको काम, कर्तव्य र अधिकार
स्थानीय समन्वय तथा अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) स्थानीय तहमा सञ्चालन हुन सक्ने कार्यक्रमहरु पहिचान गरी कोषलाई जानकारी गराउने,
(ख) स्वरोजगारका लागि लक्षित समुदायका व्यक्ति वा समूह पहिचान गरी क्रण लगानीको वातावरण निर्माण गर्ने,
(ग) कार्यक्रम अन्तर्गत स्थानीय तहमा सञ्चालित परियोजनाको कार्ययोजना तयार गर्ने र सोको अनुगमन, मूल्याङ्कन तथा आवश्यक समन्वय गरी चौमासिक प्रतिवेदन कोषमा पठाउने,
(घ) कार्यक्रमबाट उत्पादित वस्तु तथा सेवाको बजारीकरणमा सहयोग पुच्याउने,
(ङ) परियोजना छनौटको लागि प्रस्ताव सङ्कलन र सिफारिस गर्ने,
(च) समयमा किस्ता नबुझाउने तथा क्रणको दुरुपयोग गर्ने व्यवसायीलाई सम्झौता अनुसार किस्ता बुझाउन तथा रकम फिर्ता गर्न सूचना एवम् आवश्यकता अनुसार निर्देशन दिने,
(छ) समयमा क्रणको किस्ता रकम नबुझाउने सहकारी संस्थाका सञ्चालकको विवरण तथा अभिलेख तयार गरी कोषलाई जानकारी गराउने ।