दफा ५८क
स्थायी कर्मचारी
(१) कार्यालयमा राजपत्राङ्कित द्वितीय श्रेणी वा सोसरह वा सोभन्दा तल्लो पदमा दफा १० को उपदफा (२) बमोजिमको सङ्गठनात्मक संरचनामा स्वीकृत दरबन्दी बमोजिमका स्थायी कर्मचारी रहनेछन्‌।

(२) उपदफा (१) बमोजिमका कर्मचारीको नियुक्ति लोकसेवा आयोगको सिफारिसमा प्रमुख कार्यकारी अधिकृतबाट हुनेछ।

(३) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीको नियुक्ति प्रक्रिया, पदनाम, पदीय जिम्मेवारी, सेवाका शर्त, पारिश्रमिक तथा सुविधा तोकिए बमोजिम हुनेछ र: त्यसरी नतोकिएसम्म बोर्डले निर्धारण : गरे बमोजिम हुनेछ।