दफा
स्थायी बसोबास गरेको नमानिने
दफा ६ को खण्ड (ग) को प्रयोजनको लागि देहाय बमोजिमका व्यक्तिलाई कुनै गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा स्थायी बसोबास गरेको मानिने छैनः–
(क) कसैको घर कुनै उद्योग, व्यापार वा पेशा सञ्चालन गर्ने वा कार्यालय राख्ने प्रयोजनको लागि भाडामा लिइएको रहेछ भने सोही आधारमा मात्र घर भाडामा लिने व्यक्ति र निजका परिवार,
(ख) सरकारी, अर्धसरकारी तथा गैर सरकारी संस्थाको कार्यालयमा कार्यरत कर्मचारी र त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारीका लागि बनाइएको आवास गृह, सैनिक, प्रहरी वा सशस्त्र प्रहरी ब्यारेक, अस्थायी शिविर तथा आवास गृह, औद्योगिक प्रतिष्ठान तथा त्यस्तो प्रतिष्ठानमा काम गर्ने कर्मचारी तथा कामदार बस्नको लागि बनाइएको बासस्थान, अस्पताल, चिकित्सालय, नर्सिङ्ग होम, विद्यालय, क्याम्पस तथा छात्रावास, अनाथालय, वृद्धाश्रम, कारागार तथा यस्तै अन्य स्थानमा बस्ने व्यक्ति ।