नियम २३
स्पष्ट गर्न वा कागजात पेश गर्न लगाउने
(१) मनसायपत्र वा प्रस्ताव पेश गर्ने व्यक्तिले
मनसायपत्र वा प्रस्ताव सम्बन्धी कागजात वा प्रकृयाको सम्बन्धमा कुनै कुरा स्पष्ट
गरिपाउन मनसायपत्र वा प्रस्ताव पेश गर्ने अन्तिम मितिभन्दा कम्तीमा पन्ध्र दिन अगावै
मन्त्रालयमा लिखित रुपमा अनुरोध गरेमा मन्त्रालयले त्यसरी अनुरोध गरेको सात दिनभित्र
सो सम्बन्धमा स्पष्ट गरिदिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम स्पष्ट गरिएको विषयको जानकारी मनसायपत्र वा
प्रस्ताव पेश गर्ने अन्य व्यक्तिलाई पनि गराउनु पर्ने देखिएमा मन्त्रालयले जुन माध्यमबाट
मनसायपत्र वा प्रस्ताव आव्हान गरेको हो सोही माध्यमबाट जानकारी गराउनु पर्नेछ ।ध
(३) मनसायपत्र वा प्रस्तावमा उल्लेखित कुनैपनि कुरा स्पष्ट नभएमा वा कुनै सामान्य
कागजात नपुग भएको देखिएमा मन्त्रालयले मनसायपत्र वा प्रस्ताव पेश गर्ने व्यक्तिलाई
अस्पष्ट कुरा स्पष्ट गर्न वा नपुग भएका कागजात पेश गर्न लगाउन सक्नेछ ।
तर त्यसरी कुनै कुरा स्पष्ट गर्दा वा कुनै कागजात पेश गराउ“दा मनसायपत्र वा
प्रस्तावमा लेखिएको कुनै कुरा संशोधन वा परिवर्तन गर्न पाइने छैन ।