नियम २४
स्पष्टीकरण माग गर्न वा दिन सकिने
(१) छलफल चलिरहेको समयमा सम्बन्धित विषयमा कुनै सदस्यले आवश्यक सम्झेमा अध्यक्ष मार्फत  कुनै स्पष्टीकरण माग गर्न पाउनेछ । (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको अनुमति लिई कुनै सदस्यले सदनको जानकारीको लागि आफुसँग सम्बन्धित अन्य विषयमा स्पष्टीकरण दिन सक्नेछ । तर त्यस्तो स्पष्टीकरण दिँदा कुनै विवादास्पद विषय उठाउन पाइने छैन र सो स्पष्टीकरणमाथि कुनै छलफल गर्न पाइने छैन ।