दफा २९
स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देज
: (१) अध्यक्ष, सदस्य वा निजको परिवारको कुनै सदस्यको वित्तीय स्वार्थ, निजी स्वार्थ वा व्यावसायिक स्वार्थ भएको कुनै पनि प्रस्ताव आयोगको बैठकमा छलफल हुने भएमा त्यस्तो सदस्यले बैठक शुरु हुनुभन्दा अगावै त्यस्तो स्वार्थ बाझिन सक्ने कुराको जानकारी आयोगलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको विषयमा छलफल हुने आयोगको बैठकमा त्यस्तो सदस्यले भाग लिने छैन ।
(३) उपदफा (१) वा (२) को प्रतिकूल कुनै निर्णय भएमा सो निर्णय त्यस्तो स्वार्थ रहेको व्यक्तिको हकमा लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिमको विषयमा छलफल हुने आयोगको बैठकमा त्यस्तो सदस्यले भाग लिने छैन ।
(३) उपदफा (१) वा (२) को प्रतिकूल कुनै निर्णय भएमा सो निर्णय त्यस्तो स्वार्थ रहेको व्यक्तिको हकमा लागू हुने छैन ।