दफा २२
स्वास्थ्य कर कोष
: (१) नेपाल सरकारले धूम्रपान तथा सूर्तिजन्य पदार्थको नियन्त्रण तथा यसको उपभोगबाट उत्पन्न रोगको रोकथाम र उपचारको लागि स्वास्थ्य कर कोषको स्थापना गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा नेपाल सरकारले वार्षिक रुपमा विनियोजन गरेको रकमको अतिरिक्त तोकिए बमोजिमको रकम जम्मा गरिनेछ ।
(३) उपदफा (२) बमोजिम विनियोजित रकम अघिल्लो आर्थिक वर्षमा विनियोजन गरिएको रकमभन्दा कम हुने छैन ।
(४) यस दफा बमोजिमको कोषमा जम्मा भएको रकम तोकिए बमोजिम खर्च गरिनेछ ।