दफा १२ग
स्वास्थ्य परीक्षण गर्न नहुने
दफा १२ख. मा जुनसुकै कुरा लेखिएको भए तापनि चिकित्सकले देहायको कुनै अवस्थामा बिरामीको मस्तिष्कको पूर्ण क्षति भए वा नभएको अवस्था यकिन गर्नको लागि विरामीको स्वास्थ्य परीक्षण गर्नु हुँदैन ः-
(क) रोगको निदान नभएको,
(ख) विरामीको शरीरमा न्यूनतम रक्तचाप (सिस्टोलिक नब्बे मिलिमिटर मर्करीभन्दा कम) भएको,
(ग) विरामीको शरीरमा न्यूनतम रक्तचाप (सिस्टोलिक नब्बे मिलिमिटर मर्करीभन्दा कम) भएको,
(घ) विरामीको आन्तरिक ग्रन्थीमा असन्तुलन भएको,
(ङ) विरामी लट्ठ पार्ने औषधिको प्रयोगबाट मुच्र्छा परेको,
स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “लट्ठ पार्ने औषधि” भन्नाले लागू औषध, निद्रा लगाउने औषधि, अचेत पार्ने औषधि वा मांशपेशी लट्ठयाउने औषधि सम्झनु पर्छ ।