दफा २८
स्वास्थ्य वित्त र सामाजिक सुरक्षा
: (१) जनस्वास्थ्यलाई प्रभाव पार्ने वस्तु उत्पादन तथा क्रियाकलाप नियन्त्रणका लागि लगाइने करबाट सङ्कलन भएको रकमबाट छुट्टै स्वास्थ्य कोष खडा गर्नेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमको रकम रहनेछन्:-
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) प्रदेश सरकारबाट प्राप्त रकम,
(ग) स्थानीय तहबाट प्राप्त रकम,
(घ) गैरसरकारी तथा निजी सङ्घ संस्थाबाट प्राप्त रकम,
(ङ) विदेशी सङ्घ संस्थाबाट प्राप्त रकम।
(३) उपदफा (१) बमोजिम खडा भएको कोषको रकम जनस्वास्थ्यको क्षेत्रमा खर्च गर्नु पर्नेछ।
(४) उपदफा (१) बमोजिम खडा भएको कोषको सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
(५) नागरिकको स्वास्थ्य बीमा सम्बन्धी व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ।