दफा २५
स्वास्थ्य संस्थाले गुणस्तर कायम गर्नु पर्ने
: (१) स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तर सुनिश्चित गर्ने कार्य सङ्घीय कानून बमोजिम हुनेछ।
(२) मन्त्रालयले स्वास्थ्य सेवाहरूको मापदण्ड बनाई कार्यान्वयन गर्न वा गराउन सक्नेछ।
(३) यस दफा बमोजिमको मापदण्ड पूरा भए नभएको सम्बन्धमा तोकिएका निकायले समय समयमा अनुगमन तथा मूल्याङ्कन गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिम भएको अनुगमन र मुल्याङ्कनपछि सम्बन्धित निकायले दिएको निर्देशनको पालना गर्नु प्रत्येक स्वास्थ्य संस्थाको कर्तव्य हुनेछ।