नियम १०
स्वीकृतिको लागि निवेदन दिने

(१) नेपालको कुनै स्थानमा ऐनको दफा २० बमोजिम हेरचाह केन्द्र वा दिवासेवा केन्द्रको स्थापना गर्न चाहने व्यक्ति वा प्रचलित कानून
बमोजिम गठन भएको संघ संस्थाले देहायको विवरण खोली स्वीकृतिको लागि सम्बन्धित स्थानीय तह समक्ष निवेदन दिनु पर्नेछः–
(क) निवेदकको नाम थर, वतन,
(ख) निवेदक प्रचलित कानून बमोजिम गठन भएको संघ संस्था भए
प्रचलित कानून बमोजिम दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि,
(ग) हेरचाह केन्द्र वा दिवा सेवा केन्द्र स्थापना हुने स्थान र त्यस्तो केन्दको क्षमता, लगायतका पूर्वाधारको विवरण,
(घ) हेरचाह केन्द्र वा दिवासेवा केन्द्रको लागि आवश्यक जनशक्तिको विवरण,
(ङ) आर्थिक स्रोतको विवरण ।
(२) ....
(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा नियम १२ बमोजिमको पूर्वाधार मापदण्ड तथा सुबिधाहरु तयार भएको पाइएमा स्थानीय तहले हेरचाह केन्द्र वा दिवा सेवा केन्द्र वा दुवै केन्द्र सञ्चालन गर्न स्वीकृति दिनेछ ।