नियम २६
स्वेच्छिक आर्थिक सहयोगको विवरण वा अभिलेख पेश गर्ने
आयोगले ऐनको दफा ५४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम दलले प्राप्त गरेको स्वेच्छिक आर्थिक सहयोग रकम र आर्थिक सहायताको रकमको लेखा विवरण माग गरेकोमा सम्बन्धित दलले पैंतीस दिनभित्र त्यस्तो विवरण वा अभिलेख आयोग समक्ष पेश गर्नु पर्नेछ ।