दफा ४६
हकको प्रमाण नपुग भएसम्म काठ नेपाल सरकारको ठहर्ने
(१) बगाई ल्याएको, किनारा लागेको, अड्केको, डुबेको सबै काठ टाचा निशानाहरु लागेको वा टा“चा निशाना खुर्केको, बदलेको वा उडेको वा कुनै तरहबाट मेटिएको काठ र टाचा निशाना नलागेको काठहरु कसैले आफ्नो हकको प्रमाण नपुर्याएसम्म नेपाल सरकारको सम्पत्ति ठहरिनेछ ।
(२) उपदफा (१) बमोजिमका काठहरु वन अधिकृतले वेवारिसी वा दरिया बुर्दी काठको निमित्त तोकिदिएको कुनै डिपोमा जम्मा गर्न सकिनेछ ।
(३) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै जात वा किसिमका काठलाई उपदफा (१) र (२) मा लेखिएका कुराहरु लागू नहुने गर्न सक्नेछ ।