दफा ५५
हदम्याद स्थगन नहुने

संयुक्त रूपमा फिराद गर्नु पर्ने अवस्थाका व्यक्तिहरूमध्ये कुनै व्यक्ति नाबालक वा होस ठेगानमा नरहेको व्यक्तिबाहेकअन्य व्यक्तिको हकमा हदम्याद स्थगन हुने छैन ।

तर त्यस्तो नाबालक बालिग भएपछि वा होस ठेगानमा नरहेको व्यक्ति होस ठेगानमा आएपछि निजले आफ्नो हकमा दफा ५२ कोअधीनमारही छुट्टै फिरादपत्र दिन सक्नेछ ।