दफा ७४
हदम्याद
(१) दफा ६६ अन्तर्गतको कसूरको सम्बन्धमा प्रचलित कानूनमा कुनै हदम्याद तोकिएकोमा त्यस्तो हदम्यादभित्र र हदम्याद नतोकिएकोमा सो कसूर भए गरेको मितिले एक वर्षभित्र मुद्दा दायर गरिसक्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम मुद्दा दायर नगरिएको अवस्थामा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बालबालिका विरूद्धको कसूरको सम्बन्धमा मुद्दा दायर गर्ने हदम्याद त्यस्तो बालबालिका अठार वर्ष पूरा भएको मितिले एक वर्षसम्म कायम रहनेछ।