नियम ४४
हवाई उडान सम्बन्धी प्रशिक्षण संस्था सञ्चालन गर्ने अनुमतिपत्र रद्द वा निलम्वन गर्ने

(१) नियम ४२ र ४३ बमोजिम हवाई उडान सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त हवाई उडान सञ्चालन गर्ने संस्थाले गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित कानून, यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लिखित व्यवस्थाको पालना नगरेमा वा त्यस्तो
व्यवस्था विपरित कार्य गरेमा महानिर्देशकले त्यस्तो हवाई उडान सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने अनुमतिपत्र रद्द गर्न वा सोही आदेशमा उल्लेख भएको अवधिसम्मको लागि निलम्वन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम रद्द वा निलम्वन गर्ने आदेश दिएकोमा सोको जानकारी प्रचलित कानून बमोजिम त्यस्तो संस्था दर्ता गर्ने कार्यालयलाई पनि दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम रद्द वा निलम्वन गर्ने आदेश दिनु अघि सम्बन्धित हवाई उडान सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने संस्थालाई सफाई पेश गर्ने मनासिव माफिकको मौका दिनु पर्नेछ ।