दफा ३९
हस्ताक्षर दस्तखत पर्याप्त हुने

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सार्वजनिक पदाधिकारीले त्यस्तो पदाधिकारीकोहैसियतमा कुनै लिखतमा दस्तखत गर्दा, कुनैसङ्गठित संस्थाका पदाधिकारीले पदीय हैसियतमा कुनै लिखतमा दस्तखत गर्दा, कुनै अध्ययन, अनुसन्धान, छानबीन वा जाँचबुझको प्रतिवेदन तयारगर्दा वा कानून बमोजिम ल्याप्चे सहीछाप आवश्यक हुने भनी उल्लेख भएका लिखतमा बाहेक अन्य लिखतमा सहीछाप गर्दाल्याप्चे सहीछाप आवश्यक पर्ने छैन र सम्बन्धित पदाधिकारीको नाम र पद खुलाई मिति समेत उल्लेख गरी रीतपूर्वकको दस्तखत भएमा त्यस्तो लिखत रीतपूर्वक तयार भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम लिखत तयार भएकोमा सम्बन्धित पदाधिकारीको नाम र पद नखुलेको भएमा पनि त्यसरी नाम र पद नखुलाउने पदाधिकारीलाई अदालतले पाँचसय रुपैयाँसम्म जरिबाना गरी त्यस्तोलिखतलाई रीत पुगेको मानी प्रमाणको रूपमा ग्रहण गर्न र त्यस्तो लिखतका आधारमा नालिस सुनी मुद्दाको कारबाही,सुनुवाई र किनारा गर्नेछ ।