दफा ४८
हस्तान्तरण गर्न सक्ने
(१) कुनै अनुमतिपत्रवालाले आफ्नो उद्योग वा सो उद्योगमा रहेको शेयर पूर्ण वा आंशिक रुपमा प्रचलित कानून बमोजिम बेचबिखन गर्न वा अन्य कुनै प्रकारले हस्तान्तरण गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पचास प्रतिशत वा सोभन्दा बढी शेयर बेचबिखन वा अन्य कुनै प्रकारले हस्तान्तरण गर्नु परेमा प्राधिकरणको स्वीकृति लिनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम उद्योग हस्तान्तरण भएमा सो उद्योग स्थापना गर्दाका बखत प्राधिकरण र सम्बन्धित अनुमतिपत्रवाला बीच भएको सम्झौताका शर्तहरु त्यसरी भएको हस्तान्तरणबाट स्वामित्व प्राप्त गर्ने व्यक्तिको सम्बन्धमा यथावत कायम रहेको मानिनेछ ।