नियम ५
हात्ती मरेमा गर्ने
(१) कुनै हात्ती केही कारणले मर्न गएमा सम्बन्धित इलाकाको कन्जरभेटरले आवश्यक जाँच पडताल गरी वा गर्न लगाई हात्तीको अन्त्येष्टी कर्म गर्न आदेश दिनेछ ।
(२) कन्जरभेटरले आफ्नो जाँच पडतालको प्रतिवेदनमा हात्ती मर्नाको सबै कारण राम्रो सँग खुलाई चीफ कन्जरभेटर कार्यालयमा चाँडो पठाउनु पर्दछ । प्रतिवेदन साथ त्यस्तो हात्तीको हस्तिहाड, दाँत र गजमोती भए सो समेत चलानी गरी पठाउनु पर्दछ ।