दफा ११
हानि नोक्सानी तथा क्षतिपूर्ति रकम कसूरदारले तिर्नुपर्ने
: (१) कसैले दफा ७ बमोजिमको कसूर गरी हानि नोक्सानी भएमा सो बापतको रकम र सो बराबरको क्षतिपूर्ति रकम कसूरदारले तिर्नु पर्नेछ । यसरी तिर्नुपर्ने रकम तथा क्षतिपूर्ति नतिरेसम्म विद्युत लाइन जोडिने छैन ।
(२) उपदफा (१) बमोजिम एक पटक हानि नोक्सानी तथा क्षतिपूर्ति तिरे बुझाएको व्यक्तिले पुन सोही कसूर गरेमा प्रत्येक पटक वितरकलाई वास्तविक रुपमा हुन गएको हानि नोक्सानी बापतको रकम र सोको दुई सय प्रतिशत रकम क्षतिपूर्ति बापत कसूरदारले वितरकलाई तिर्नु बुझाउनु पर्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम वितरकलाई वास्तविक रुपमा हुन गएको हानि नोक्सानी मूल्याङ्कन गर्ने तरिका र कार्यविधि तोकिए बमोजिम हुनेछ ।