दफा १४
हानि नोक्सानी तथा क्षतिपूर्ति बुझाउन ल्याउने सूचना दिने
– दफा १२ को उपदफा (२) को खण्ड (ख) बमोजिम भएको मूल्याङ्कनमा दफा १३ बमोजिम पुनरावलोकनको लागि निवेदन नपरेमा सोही बमोजिम र पुनरावलोकनको लागि निवेदन परेकोमा पुनरावलोकन गरी ठहर भएको वास्तविक हानि नोक्सानी तथा सो बापतको क्षतिपूर्ति रकम पैंतीस दिनभित्र तिर्न बुझाउन ल्याउन सम्बन्धित व्यक्ति वा संस्थालाई तोकिए बमोजिम सूचना दिनु पर्नेछ ।