नियम १४
हेजिङ्ग कोषको स्थापना

(१) नियम ८ बमोजिम बैङ्कमा जम्मा हुन आउने विदेशी मुद्रा तथा नियम १० बमोजिम प्राप्त हुने हेजिङ्ग शुल्क व्यवस्थापनको लागि बैङ्कमा एक हेजिङ्ग कोष रहनेछ ।

(२) उपनियम (१) बमोजिमको कोषमा रहने रकमको सीमा बैङ्कले निर्धारण गरे बमोजिम हुनेछ ।

(३) बैङ्कले उपनियम (१) बमोजिमको कोषमा जम्मा भएको रकमको लगानी एवम् आवश्यक व्यवस्थापन गर्नेछ ।

(४) उपनियम (३) बमोजिम लगानी एवम् व्यवस्थापनबाट प्राप्त प्रतिफल जुन मुद्रामा प्राप्त भएको हो सोही मुद्रामा बैङ्कले उपनियम (१) बमोजिमको हेजिङ्ग कोषमा जम्मा गर्नु पर्नेछ ।