नियम
हेजिङ्ग गर्ने संस्था तोक्ने
(१) यस नियमावली बमोजिम हेजिङग सुविधा प्रदान गर्ने संस्थाको रुपमा काम गर्न चाहने प्रचलित कानून बमोजिम. नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैङ्क वा वाणिज्य बैङ्कले आफ्नो व्यावसायिक योजनासहित मन्त्रालयमा प्रस्ताव पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रस्ताव, सो साथ पेश भएको हेजिङ्ग सम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धित प्रस्तावकको कार्यक्षमता समेतको आधारमा मूल्याङ्कन गरी मन्त्रालयले कुनै बैङ्कलाई हेजिङ्ग. गर्ने संस्थाको रुपमा तोक्नेछ।