नियम १०
हेजिङ्ग शुल्क

(१) अर्थ मन्त्रालयले विदेशी विनिमय दरको जोखिम, मुद्रा स्फिति जोखिम, परियोजनाको स्वपूँजी, ऋणको अंश, ऋण भुक्तानी गर्नु पर्ने अवधि र परियोजनाको प्रकृति समेतको आधारमा परियोजनासँग सम्बन्धित मन्त्रालय, बैङ्क र लगानीकर्तासँगको आपसी सहमतिमा हेजिङ्ग शुल्क निर्धारण गर्नेछ ।

(२) उपनियम (१) बमोजिम निर्धारण भएको हेजिङ्ग शुल्क सम्बन्धित परियोजनाले बैङ्कमा बुझाउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम हेजिङ्ग शुल्क प्राप्त गरेपछि बैङ्कले सम्बन्धित परियोजनालाई अनुसूची–२ बमोजिमको ढाँचामा हेजिङ्ग सोलुसन प्रमाणपत्र दिनु पर्नेछ ।

(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुनुभन्दा अघि सम्झौता सम्पन्न भइसकेका परियोजनाको हकमा त्यस्तो सम्झौतामा उल्लेख भएकोमा सोही बमोजिम कार्यान्वयन हुनेछ र सम्झौतामा उल्लेख नभएकोमा उपनियम (१) बमोजिम निर्धारित हेजिङ्ग शुल्क बैङ्कमा बुझाउनु पर्नेछ ।