नियम ४
हेजिङ्ग शुल्क
(१) हेजिङ्गग गर्ने संस्थाले विदेशी विनिमय दरको जोखिम, मुद्रा स्फीति जोखिम, परियोजनाको स्वपुँजी र क्रणको अंश, क्रण भुक्तानी गर्नु पर्ने अवधि, अन्तरमुद्रा प्रचलित ब्याजदर, जोखिमको व्यवस्थापन तथा हस्तान्तरण र परियोजनाको प्रकृति समेतको आधारमा हेजिङ्ग शुल्क निर्धारण गर्नेछ।
(२) उपनियम (१) बमोजिम हेजिङ्ग शुल्क निर्धारण गर्दा हेजिङ्ग गर्ने संस्थाले आवश्यकता अनुसार मन्त्रालय, बैङ्क, व्यावसायिक: संस्था, सरोकारवाला निकाय, परियोजना र त्यस्तो परियोजनाको लगानीकर्तासँग समन्वय गर्नेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुनु अघि हेजिङ्ग शुल्क निर्धारण भई सम्झौता भइसकेकाको हकमा त्यस्तो शुल्क त्यस्तो सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।