नियम
हेजिङ्ग सुविधाको अवधि
(१) हेजिङ्ग गर्ने संस्थाले परियोजनामा लगानी हुने विदेशी क्रणको कुल परिमाण, विदेशी क्रण सम्झौता बमोजिम त्यस्तो क्रण चुक्ता गर्नु पर्ने अवधि र त्यसको ब्याजदर, क्रद्घण उपकरण (ग्रीन बण्ड) को हकमा सोको अवधि समेतको आधारमा हेजिङ्ग सुविधाको अधिकतम अवधि निर्धारण गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिमको हेजिङ्ग सुविधाको अधिकतम अवधि निर्धारण गर्दा देहायको परियोजनालाई नियम १२ बमोजिम बिनिमय दर स्थिर (लक) भएको मितिदेखि देहायको अवधिमा नबढ्ने गरी हेजिङ्ग सुविधाको अवधि निर्धारण गर्न सकिनेछ:-
(क) नियम ३ को उपनियम (१) को खण्ड (ख),
(घ) र (ङ) बमोजिमको परियोजनाको हकमा सात वर्ष,
(ख) नियम ३ को उपनियम (१) को खण्ड (क),
(ग) र (च) बमोजिमको परियोजनाको हकमा बाह्र वर्ष, र
(ग) नियम ३ को उपनियम (१) को खण्ड (छ) बमोजिमको परियोजनाको हकमा नेपाल सरकारले निर्णय गरेबमोजिमको अवधि ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि क्रण तिर्न बाँकी रहेका परियोजना वा त्यसको लगानीकर्ताको अनुरोधमा उपनियम (१) बमोजिम निर्धारण गरिएको हेजिङग सुविधाको अधिकतम अवधिमा हेजिङ्ग गर्ने संस्थाले एक पटकको लागि बढीमा पाँच वर्षको अवधि थप गर्न सक्नेछ।
(४) उपनियम (३) बमोजिम अवधि थप गर्नु पर्ने अवस्था भएमा सम्बन्धित परियोजना वा त्यसको लगानीकर्ताले उपनियम (१) बमोजिम निर्धारित अवधि समाप्त हुनु भन्दा कम्तीमा नब्बे दिन अगावै अवधि थपको लागि हेजिङ्ग गर्ने संस्थामा निवेदन दिनु पर्नेछ।
(९) उपनियम (४) बमोजिम निवेदन प्राप्त भएमा हेजिङ्ग गर्ने संस्थाले परियोजनाको प्रकृति अनुसार विनिमय दर र हेजिङ्ग शुल्क कायम गरी मन्त्रालयको स्वीकृति लिई उपनियम (३) बमोजिम हेजिङ्ग सुविधाको अवधि थप गर्न सक्नेछ।