दफा ५१
हैरानी गर्ने नियतले कब्जा वा पक्राउ गर्नेलाई सजाय
मनासिब माफिकको कारण नभई वन सम्बन्धी कार्य गर्ने कुनै कर्मचारी वा सुरक्षाकर्मीले रिसइविले वा हैरानी गर्ने नियतले मालवस्तु कब्जा गरेमा वा कसैलाई पक्राउ गरेमा त्यस्ता कर्मचारीलाई पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।