दफा १४
होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बार उपर बन्देज
(१) दफा १० बमोजिम दर्ता नभएको होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बारले देहायको कुनै काम गर्न पाउने छैन ः-(क)पर्यटन स्तरको होटल, लज, रेष्टुराँ तथा रिजर्टवा बार भन्ने अर्थ लाग्ने गरी कुनै शब्द वा चिन्ह आफ्नो साइनबोर्ड, विज्ञापन वा कारोबारमा प्रयोग गर्न, वा(ख)पर्यटकको बसोबास वा खानपीनको प्रबन्ध गर्नको निमित्त कुनै पर्यटक वा टाभलएजेन्सीसंग सोझै विदेशमा सम्पर्क राख्न वा विज्ञापन गर्न ।
(२) दफा १० बमोजिम कुनै तोकिएको वर्गीकरणमा दर्ता भएको होटलले दर्ता भएको स्तरभन्दा माथिल्लो स्तरको भन्ने अर्थ लाग्ने गरी कुनै शब्द वा चिन्ह आफ्नो साइनबोर्ड, विज्ञापन वा कारोबारमा प्रयोग गर्न हुँदैन ।
(२) दफा १० बमोजिम कुनै तोकिएको वर्गीकरणमा दर्ता भएको होटलले दर्ता भएको स्तरभन्दा माथिल्लो स्तरको भन्ने अर्थ लाग्ने गरी कुनै शब्द वा चिन्ह आफ्नो साइनबोर्ड, विज्ञापन वा कारोबारमा प्रयोग गर्न हुँदैन ।